काठमाडौं । नेपाल आयल निगमले पहिलो पटक निजी क्षेत्र मार्फत करिब ४० हजार लिटर हवाई इन्धन आज नेपाल ल्याएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पेट्रोलिम्याक्स नेपाल नामक निजी कम्पनीले उक्त परिमाणको हवाई इन्धन लखनौबाट जोर्डन एयरका माध्यमबाट राजधानी ल्याएको निगमले जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि हवाई इन्धन आयात गर्न निगमले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
]]>
प्रतिक्रिया