देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा थप ३ लाख ३३ हजार जनामा कोरोना संक्रमण पुष्टि,५२५ जनाको मृत्यु

देशान्तर

काठमाडौ – भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

शनिबारको तुलनामा ४ हजार १ सय ७१ कम मानिसमा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ५ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ८७ हजार २ सय ५ रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।