पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको क्वाटरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडमा रहेको मनाङ मर्स्याङदी र विभागिय टीम नेपाल पुलिसबिच प्रतिस्पर्धा हुँदै छ ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा दुबै टीमको लक्ष्य अन्तिम चारमा स्थान बनाउनु हुने छ । खेल दिउँसो २ः३० बाट सुरू हुने छ । पुलिस र मनाङको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगितामा मनाङ र पुलिस सर्वाधिक उपाधि जित्ने टीमका रुपमा रहेका छन् । दुबै टोलीले ६–६ पटक उपाधि जितेकाले पुन एकपटक उपाधि उचाल्ने अभियानलाई सार्थक्ता दिन दुबै टीम हरसंभब प्रयासमा हुने छन् ।
अर्को विभागिय टीम एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छन् । साथै विधागत विधामा उत्कृष्ट रहेकाहरुलाई समेत पुरस्कार प्रधान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया