काठमाडौं – इन्डियन प्रिमियर लिग ९आईपीएल० को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् ।
आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।
खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ र विदेशी ३१८ खेलाडीले नाम दर्ता गराएका हुन् ।आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।
अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन ।
आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया