देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेवाण्डोस्की बने फिफा उत्कृष्ट खेलाडी

देशान्तर

वार्यन म्युनिखका पोलिस स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका छन् । ३३ वर्षिय लेवान्डोस्कीले लगातार दोस्रो वर्ष यो अवार्ड हात पारेका हुन् ।

२०२१ मा ६९ गोल गरेका लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सलाह र पेरिस सेन्ट जर्मेइन पिएसजीका लियोनेल मेसीलाई पछि पार्दै अवार्ड हात पारे। लेवान्डोस्कीले २०२१ मा गर्ड मुलरले बुन्डेस लिगमा एकै क्यालेन्डर इयरमा गरेको सर्वाधिक गोलको किर्तिमान तोडेका थिए । उनले ३४ खेलमान ४३ गोल गर्दै कीर्तिमान तोडे ।

म्यानचेस्टर युनाईटेडका क्रिश्टियानो रोनाल्डोले स्पेशल अवार्ड हात पारे । रोनाल्डो केहि समय अघि ’अल टाइम टप स्कोरर’ बनेका थिए ।

त्यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलासले वर्ष महिला खेलाडीको अवार्ड हात पारिन् ।

चेल्सीका थोमस टुचेलले वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जिते।उनले चेल्सीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

टोटनह्यामका पुर्व विंगर एरिक लमेलाले आर्सनल विरुद्व गरेको गोलले पुस्कास अवार्ड हात पारे ।

चेल्सीकी एडवार्ड मेन्डी उत्कृष्ट गोलरक्षक बने। उनले च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीलाई १–० ले हराउँदा क्लिन सिट राखेका थिए ।

डेनमार्कको राष्ट्रिय टिमलाई फिफा फेयर प्ले अवार्डबाट समान्नित गरियो । २०२१ मा भएको युरो कपमा फिनल्यान्ड विरुद्धको आफ्नो पहिलो खेलमानै क्रिश्टियन एरिक्सन मैदानमा ढल्दा डेनमार्कको टीमले प्रसंसनिय काम गर्दै उनको ज्यान बचाएको थियो ।

चेल्सीकी एमा हायसले महिला वर्ष प्रशिक्षकको उपाधि जितिन् ।