देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पबाट साढे चार हजार अपांग

देशान्तर

काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी घाइते भएकामध्ये चार हजार चार सय मानिस अपांग भएका छन् । भूकम्पपछि उपत्यकासहित बाहिरबाट सिफारिस गरिएकामध्ये चार हजार चार सयजना कुनै न कुनै प्रकारको अपांगता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार आठ सय ९१ को ज्यान लिएको भूकम्पमा परी २२ हजार तीन सय दुई जना घाइते भएका थिए । उपत्यकामा ठूला अस्पताल सिफारिस गरिएका गम्भीर घाइतेमध्ये ६ प्रतिशतको मेरुदण्ड भाँचिएको, चार प्रतिशतको हातखुट्टा काट्नुपरेको, दुई प्रतिशतको स्नायु नली थिच्चिन पुगेको छ ।

तथ्यांकअनुसार घाइते तीन प्रतिशतलाई हातखुट्टा भाँचिँदा हिड्डुल गर्न समस्या भइरहेको छ । बाँकी पाँच प्रतिशत घाइते शरीरका अन्य विभिन्न भागमा चोटपटक लाग्दा अपांगताको सिरका हुनुपरेको छ । अन्नपुर्ण पोष्टमा समाचार छ । 

]]>