देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्यूज बटुल्दै ‘रैछ माया अरिकैको’

देशान्तर

काठमाडौँ । सागर विरहीको सिर्जनामा मौलिकता सदाबहार रहन्छ । संगीत यात्राको दुई दशकमा उनी मौलिकता बिर्सेर संगीतमा रमाउन चाहन्नन् ।

कतिपयले भाइरल र तडकभडक रोज पनि विरही आफ्नो लयमा अघि बढ्छन् । यो पटक अलि महत्वाकांक्षी बनेका छन् । पछिल्लो सिर्जना ‘रैछ माया अरिकैको’ अलि बढी मेहनत र लगानी गरेका छन् । उनलाई यो गीतमा अलि बढी नै आशा छ ।

आफैँमा अब्बल गायक विरहीले यो पटक कुलेन्द्र विश्वकर्मालाई लिएका छन् । विरहीले कोरसमा मात्रै स्वर मिसाएका छन् । सोना क्षेत्रीले कुलेन्द्रलाई साथ दिएकी छिन् । विरहीकै शब्द, भाका र एरेन्ज रहेको गीतमा गुनासो भित्र रोमान्स पाइन्छ ।

रामजी लामिछानेको निर्देशनमा तयार भएको आकर्षक भिडियोमा गायक कुलेन्द्रलाई मोडलको रूपमा प्रस्तुत गरिएको छ भने महिला मोडेलमा जुना सुन्दास र स्मारिका ढकाललाई प्रस्तुत गरिएको छ ।

सर्जक तथा गायक विरहीले भने, ‘यो गीतमा यसअघिका सिर्जनामा भन्दा अलि बढी नै आस गरेको छु । त्यसैले राम्रो टिमसँग काम गरेको छु । मेहनत र लगानी पनि राम्रै गरेको छु । आशा छ, दर्शक श्रोताले मन पराउनु हुनेछ ।’ गीत रिलिजको केही घण्टाको दर्शक प्रतिक्रिया हेर्दा शतप्रतिशत सकारात्मक प्रतिक्रिया र सन्तोषजनक भ्युज बटुल्दै अघि बढेको छ ।

गायन, सिर्जना र एरेन्जरसँगै अघि बढाएका विरहीले आक्कलझुक्कल मोडलिङ र निर्देशन पनि गर्न भ्याउछन् । संगम इन्टरटेन्टमेन्ट कम्पनी सञ्चालन गरिरहेका विरही तनहुँको घिरिङमा जन्मे, हुर्केका हुन् ।

दोहोरी साँझबाट संघर्ष गर्दै स्थापित बनेका उनले सामाजिक सीमालाई कहिल्यै मिच्न चाहँदैनन् । उनी भन्छन्, ‘आफ्नो कामले भोलि पछुतो लाग्ने अवस्था नआओस् भन्नेमा सचेत छु ।’