देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी तहबाट आजबाट संविधानको प्रचार प्रसार

देशान्तर

काठमाडौं । संविधान जारी भएको साँढे २ महिनापछि सरकारले नयाँ संविधानका बारेमा जनतालाई जानकारी गराउनका लागि आजबाट राष्ट्रब्यापी प्रचार थाल्दै छ । असन्तुष्टको माग सम्बोधन गर्न संविधान संशोधन हुनुपर्ने आवाज उठिरहेका बेला सरकारले सोमबारदेखि नयाँ संविधानबारे राष्ट्रव्यापी प्रचार सुर गर्न लागेको हो ।

सरकारले जनताको संविधान, जनताकै माझमा भन्दै एकमहिने प्रचार अभियान चलाउन लागेको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी लिएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले जिल्ला, नगरपालिका र गाउँ विकास समितिमा अभियान चलाउन लागेको जानकारी दिए।

‘संविधान बन्नेबित्तिकै सरकार परिवर्तनको कुरा आयो, त्यसपछि राजनीतिक दलहरूको असहज प्रतिक्रियाका बाबजुद जनतामाझ जान पाएनौं,’ उनले भने, ‘अहिले तराईका विभिन्न जिल्लामा आन्दोलन भइरहेको छ। तर, संविधान निरन्तर संशोधन हुने प्रक्रिया भएकाले अहिले प्रचारमा जाँदा फरक पर्दैन।’ आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मार्चासँगको वार्ताका लागि सरकारका तर्फबाट गठित टोलीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री थापाले जनतालाई संविधानमा व्यवस्था भएका हक अधिकारका कुरा उनीहरूलाई नै जानकारी दिन यस्तो कार्यक्रम ल्याएको बताए।

‘यो जनता र सरकारबीचको अन्तरसंवादको कुरा पनि हो,’ उनले भने। संविधानका मुख्य मुख्य प्रावधानलाई नेपाली भाषा र स्थानीय भाषमामा अनुवाद गरी सरल ढंगले पुस्तिका, ब्रोसर, पम्प्लेट बनाई वितरण गरिने र केन्द्रीय तथा स्थानीय एफएम, टेलिभिजन लगायतबाट प्रसारणसमेत गरिने बताए। काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान साढे ८ बजे अभियान उद्घाटन गर्ने कार्यक्रम छ।

]]>