काठमाडौं-सरकारले ३६ बुँदे आदेश पत्र जारी गरेको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन रोकथामा गर्न भन्दै सरकारले लामो बुँदासहित आदेश जारी गरेको हो ।
संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गरेको हो ।
मन्त्रिपरिषदबाट पारित भएको आदेशमा सार्वजनिक स्थानहरुमा भीडभाड गर्न नपाइने उल्लेख गरिएको छ । त्यस्तै आमसभा, जुलुस, सभा र भेला हुन पाइने छैन । कुनैपनि बैठक तथा छलफल गर्नुपर्ने स्थिती आए भर्चुअल माध्यमबाट गर्नुपर्नेछ ।
प्रतिक्रिया