देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चाका कार्यकर्ताद्वारा कपिलवस्तुमा दुई ट्रकमा आगजनी

देशान्तर

कपिलवस्तु। सोमबार राति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कपिलवस्तुमा दुईवटा ट्रकमा आजगनी गरेका छन् । 

कृष्णनगरबाट वीरगन्जतर्फ प्याज लोड गरेर जाँदै गरेको ना६ख १२४८ नम्बरको ट्रक र चन्द्रौटाबाट कृष्णनगरतर्फ गइरहेको लु१ख ८७४८ नम्बरको ट्रकमा आगजनी गरिएको हो । सो आगजनीका घटनाको जानकारी भए पनि कसले आगजनी गरेको भन्नेबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनभिज्ञ रहेको जनाएको छ । 

मोर्चालाई जानकारी नै नगराई ट्रकमा आगजनी भएको घटनाप्रति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक सतीशकुमार गुप्ताले बताएका छन् । गएराति भएको घटना कसले ग¥यो अझैसम्म मोर्चालाई जानकारी नगराइएको यो घटनाले आन्दोलनमा घुसपैठ भएको हुन सक्ने संयोजक गुप्ताले बताए ।

]]>