देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अख्तियारको अभियानमा राजनीति रंग दिदै एमाले

देशान्तर

काठमाडौं । केहि एमाले नेताहरुलाई सरकारी लाभको पदमा बस्दा अकुत सम्पत्ति कमाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काट्दै औपचारिकरुपमै अनुसन्धान प्रकृया अगाडि बढाएपछि एमालेले त्यसलाई राजनीतिक रङग दिन थालेका छन् ।

लोकमान सिंह अख्तियार प्रमुख भएपछि पहिलो पटक ठुला माछा समात्ने प्रयास स्वरुप केहि एमाले नेताहरु सहित २९ जनाले अकुत सम्पति छानविन थालेको हो । पूर्व अर्थमन्त्री  सुरेन्द्र, पाण्डे, पूर्व मन्त्री राजेन्द्र पाण्डे लगायतका पार्टीका ६ नेता अख्तियारको छानवीनको दायरामा तानिएपछी एमालेले संगठित रुपमै त्यसको प्रतिवाद गर्दै बदलाको भावनाले अख्तियारले काम गरेको आक्षेप लगाउन सक्रिय हुन थालेका छन् ।

अर्थमन्त्री हुँदा केही हदसम्म प्रशंसनिय काम गरे पनि पाण्डे माओवादी सभासद् ल्यारक्याल लामासँगको साँठगाँठले विवादमा तानिएका थिए। एमाओवादीका सभासद् लामा समेत अख्तियारको अनुसन्धानको दायरामा आएका छन्। नीजि मेडिकल कलेजको सम्बन्धन र आपराधिक पृष्ठभुमीका दिनेश अधिकारी चरीको संरक्षकको रुपमा विवादमा तानिएका एमाले नेता राजेन्द्र पाण्डेले समेत अख्तियारले बदलाको भावनाले आफुलाई अनुसन्धानको दायरामा ल्याएको दावी गरेका छन्। एमालेका पूर्व सांसद विजय पौडेलले भारत विरुद्ध आफु सक्रिय रहेकाले अख्तियारले त्यसको बदला लिएको दावी गर्दै आफुमाथी लागेको भ्रष्टाचारको मुद्धालाई राजनीतिक रङ दिने प्रयास गरेका छन्।  

अख्तियारले अनुसन्धान अगाडि बढाएको १२ पूर्वमन्त्री सहित २९ जनामध्ये एमालेका मात्रै ६ जना परेका छन्। अख्तियारले अनुसन्धान अगाडि बढाएको एमाले नेता बंशिधर मिश्र, समानुपातिकतर्फका सभासद तथा निर्माण व्यवसायी इच्छाराज तामाङ र सभासद् जर्नादन ढकालले भने कुनै प्रतिकृया दिएका छैनन्।  माओवादीका महासचिव कृष्णबहादुर महरा, सभासद् रविन्द्रप्रताप शाह र लामा लगायत ४ नेता विरुद्ध अख्तियारको अनुसन्धानको दायरामा तानिए पनि माओवादीले यो विषयमा मुख खोलेको छैन। अख्तियारले छानविनको दायरामा ल्याउनुपर्ने अझै धेरै अकुत सम्पति आर्जन गर्नेहरु भएपनि यो अख्तियारको कदमलाई सर्वत्र सहयोग गर्नुपर्ने अवस्थामा एमाले भने संगठीत रुपमा नै अख्तियारको बिरोधमा लागेर आफ्नो असली रुप देखाएको चर्चा सुरु भएको छ । 

 

]]>