देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलाडीलाई कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित

देशान्तर

काठमाडौं – प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो ।

समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान शुरु हुने तालिका थियो ।

तर प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि यो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ ।

पुलिस समूह ए मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले अब खेल्न बाँकी दुबै खेल फराकिलो अन्तरले जित्नुपर्ने आवश्यकता छ ।

शनिबारै हुने तय भएको बागमती र गण्डकीबीचको दोस्रो खेल भने निर्धारित समयमा हुने क्यानले जनाएको छ ।