भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी कर्मचारी सङ्घको केन्द्रीय अध्यक्षमा देवदत्त बडू निर्वाचित भएका छन् ।
सङ्घको सोमबार भएको पाँचौँ केन्द्रीय महाधिवेशनले आगामी दुईवर्षका लागि वरिष्ट उपाध्यक्षमा रामकिशोर लाल कर्ण, उपाध्यक्षहरुमा यदुप्रसाद पुडासैनी, रजनी देवकोटा, छवि दवाडी, साजन घिमिरे र होमबहादुर महत्रा निर्वाचित भएका हुन् ।
त्यसैगरी महासचिवमा शङ्कर कोइराला, उपमहासचिवमा दीपक टण्डन, कोषाध्यक्षमा पशुपति बतासलगायत २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको महासचिव कोइरालाले जानकारी दिए ।
बिभिन्न जिल्लाबाट प्रतिनिधि आएको महाधिवेशनको नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले उद्घाटन गरेका थिए ।
]]>
प्रतिक्रिया