पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् ।
मोस्ट वान्टेडको सूचीमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् ।
टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर्मीको हत्या गरेको आरोप थियो । हाल अफगानिस्तानको खैबर प्रान्तमा रहँदै आएको सुचनाको आधारमा धावा बोल्दा उनी मारिएका हुन् ।
५० बर्षिय खुरासनी अफगानिस्तानमा तालीवानी सरकार बनेपछि बारम्बार काबुल जाने गरेको सूचनाको आधारका ब्यापक खोजी गरिएको थियो । त्यसै क्रममा अफगानिस्तानको गठबन्धन सेनाले उनको हत्या गरेको बुझिएको छ ।
यद्दपी टीटीपीले एक बिज्ञप्ति जारी गरी खुरासनीको हत्या नभएको दावी गरेको छ ।
प्रतिक्रिया