देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५२ नेपाली भारतीय एसएसबीको नियन्त्रणमा

देशान्तर

इटहरी। पूर्वी नेपालका विभिन्न जिल्लाबाट रोजगारका लागि भारत जाने क्रममा सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । 

उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर पुगेका १९ महिला र ३३ पुरुषलाई एसएसबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । सो विषयमा सूचना प्राप्त भइसकेको जानकारी दिँदै सुनसरीका प्रजिअ रविलाल पन्थले एसएसबीले नेपालको प्रहरीलाई जिम्मा लगाएर यथार्थ बुझ्ने काम भइरहेको र ती नेपाली भारतीय भूमिमा नै रहेको बताएका छन् । 

सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाको टोली वीरपुरतर्फ प्रस्थान गरिसकेको छ । उनीहरु के कति कारणले भारतको भूमिमा पुगेका हुन् भन्ने कुराको सत्यतथ्य बुझेर उनीहरुलाई नेपाल ल्याउने वा छाडिदिने भन्ने कुराको छिनोफानो हुने बताइएको छ । 

एसएसबीले भने उनीहरुलाई मानव तस्करी गर्ने गिरोहले प्रलोभनमा पारेर बेचबिखनका लागि भारतीय भूमि ल्याएको हो कि भन्ने आशङ्कामा नियन्त्रणमा लिएको बताएको प्रजिअ पन्थले जानकारी दिए । 

]]>