देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिडको ग्राफसँगै उकालो लाग्यो सेयर बजार, पौने सात अर्ब रुपैयाँको कारोबार, ५० अंकको सुधार

देशान्तर

 

 

 

 

काठमाडौं- देशमा कोरोना संक्रमण बढेसँगै शेयर बजार पनि पनि बढेको छ । केही दिनदेखि सेयर बजारमा देखिएको सुधार मंगलबार पनि निरन्तरता पाएको हो । मंगलबार सेयर बजारमा ४९.१८ अंकको सुधार भएको छ । योसँगै नेप्से सूचक २८३४.१३ अंक कायम भएको छ ।

तरलता अभाव हट्ने संकेत र बढ्दो कोभिड संक्रमणसँगै सेयर बजार लगातार उकालो लाग्न थालेको छ । कोभिड संक्रमणका बेला अरु उद्योग व्यवसाय प्रभावित हुँदा लगानीकर्ता सेयरमा आकर्षित हुने गर्छन् ।

त्यही भएर पछिल्लो समयमा सेयर कारोबार पनि बढ्दो ग्राफमा छ । मंगलबार झण्डै ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ७ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भएको थियो ।

विगतमा पनि कोभिड नियन्त्रणका लागि लगाइएको लकडाउनका समयमा सेयर बजारमा लगानीकर्ता आकर्षित भएका थिए । त्यो बेलामा अरु क्षेत्रमा ऋण लगानी नहुने भएकाले बैंक तथा वित्तीय संस्थासमेत सेयर बजारमा केन्द्रित हुने गरेका थिए जसका कारण सेयर बजार उकालो लागेको थियो। अहिले पनि फेरि नेपालमा कोभिड संक्रमण बढ्दो क्रममा छ ।

विगतको जस्तै ट्रेन्डमा सेयर बजार उकालो लागिरहेको छ । मंगलबार सबैभन्दा बढी अपी पावर कम्पनीको १६ करोड ८३ लाख रुपैयाँ कारोबार भएको छ । मंगलबार कारोबार भएको मध्ये १ सय ७० कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ ।