देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतृत्वले डुबाएको सार्क सचिवालय

देशान्तर

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले आफ्नो स्थापना दिवस भव्य ‘पार्टी’ गरेर मनाउँदै छ । गरिब जनताको करबाट धनी देशका राजदूतले भन्दा बढी पारिश्रमिक पाउने विश्वकै अनौठो संगठन सार्क हो । यसको काम पनि त्यस्तै अनौठो रहेको छ ।

आरम्भमा यसको स्थापना उचित उद्देश्यले भएको भए पनि अहिले यसले बाटो बिराएको छ । नेपालमा रहेको उक्त सचिवालयले नेपालको साख गिराएको छ । पछिल्लो पटक त सार्क भनेको नाम सुन्दासमेत जनतामा ‘इरिटेसन’ हुने अवस्था सिर्जना भएको कसैबाट छिपेको छैन । 

नेपाल भूकम्पबाट प्रताडित मुलुक हो भने अफगानिस्तान र पाकिस्तान पनि भ्ूकम्पबाट पीडित छन् । अहिले भारतको चेन्नाई पानीमा डुबेको छ । यस्तो समयमा सार्कले आफ्नो स्थापना दिवस जाँडमा डुबुल्की मारेर मनाउँदै छ । यो कुन खालको कूटनीतिक मान्यता र रीतिरिवाज हो सार्कका जनताले पक्कै सोचेका होलान् ।
हुन त जाँडमा नै डुब्ने, विमानस्थलको भीआईपी कक्ष, विभिन्न अन्तर्राष्ट्रिय पार्टीमा हैसियत देखाइसकेका व्यक्ति नै त्यसको प्रमुख भएकाले यसमा उनको इच्छा हुनु स्वाभाविक होला, सार्कका एक पूर्वनिर्देशकले बताए । दक्षताको आधारमा नभै चिट्टा शैलीमा नियुक्ति पाएका र नेपालको इतिहासमा नै सबैभन्दा कम समय परराष्ट्र सचिव रहेका अर्जुनबहादुर थापाको अडानमा सार्क चार्टर डे होटेलमा गर्न लागेका हुन् । प्रधानन्यायाधीश नेतृत्व सरकारले अनिवार्य अवकाश पुर्जीका लागि जानकारी पाएकालाई करिब ६ महिनाका लागि परराष्ट्र सचिव बनाएर सार्कमा लगेको थियो । अहिले मुलुकले यही ऋण तिरिरहेको छ । असक्षम नेतृत्व रहँदा संगठनको अवस्था कस्तो हुन्छ भन्ने एक सफल नमुना हो बनेको छ सार्क सचिवालय ।  

उनलाई सार्क महासचिवमा नियुक्तिको प्रस्ताव लग्ने परराष्ट्रमन्त्री नै अहिले मैले गल्ती गरेँ भन्दै हिँड्न थालेका छन् । तत्कालीन मन्त्री माधव घिमिरेले सञ्चारकर्मीलाई खुलेरै भन्ने गरेका छन्, ‘महासचिवको विषयमा नसोध्नुहोस्, त्यो प्राविधिक कारणले हो ।’ सार्कले गर्नुपर्ने कार्यक्षेत्र धेरै हँुदाहुँदै पनि त्यसतर्फ नलागी व्यक्ति खुसी पार्नेमा डुबेका छन् । सार्कपछि अर्को बाटो बनाउन भारतीय दूतावाससमेत धाउन थालेको अवस्थामा अहिले नेपाललाई भारतले गरेको नाकाबन्दी नै बिर्सेर उनी सार्क चार्टर डे मनाइरहेका छन् । भूकम्पले भवन भत्केको कारण र अन्य मुलुकमा पनि भूकम्प गएको नेपालीहरू सार्ककै एक सदस्य मुलुकबाट प्रताडित भएको भनेर सजिलै कूटनीतिक सन्देश दिन सक्ने अवस्थामा सामान्य कमिसन र आफन्तलाई जाँड खुवाउने लोभमा नै परेर यो परम्परा भन्दै सार्क डे मनाइन लागेको हो । 

सार्कका निकै पुराना र चल्दापुर्जा मानिएका र कतैकतै आफूलाई सार्कको उपमहासचिव नै भन्न समेत पछि नपरेका एक कर्मचारी भन्छन्, ‘मैले त यसपटक चार्टर डे सामान्य रूपमा मनाऔं भनेको हो । आफूलाई महामहिम नभन्दा हेपेको ठान्ने हाम्रा महामहिमले मान्नु भएन । त्यसैले होटेलमा गर्न लागियो । भूकम्प आएको समयमा पीडितलाई सहयोग गर्न तल्लो तहका कर्मचारीको समेत मासिक पारिश्रमिक कटाएर बुझाएका थिए । तर भोज गर्न बजेट भएरै गरेका होलान् ।’ भूकम्पबाट क्षति पुगेको भवन बनाउन बजेट मागिरहेको सार्कले करिब आठ सयलाई जाँड खुवाउन भने रकम  अपुग नहुने जनाएको थियो । केही कर्मचारी आफ्नो कोठामा नबसेर सार्कभित्रको हलमा रहेर काम गरिरहेका छन् ।

‘महामहिम कानुनको कुरा गर्ने तर आफूलाई सबैमा छुट दिनुपर्छ । वा म कानुनभन्दा माथि छु भन्नेमा उद्यत् छन् । त्यो उनको स्वभाव होला । उनका मान्छेलाई आफू खुसी जागिरसमेत खुवाउने काममा लागेका छन् । नेपाली महामहिम आएपछि तीन जनालाई बिना प्रतिपर्धा घुसाइयो । अहिले पनि होटेलबाट कोटेसन प्रतिस्पर्धा नगरी रेडिसनमा पार्टी गर्न दिइयो जुन सबै कुरा छर्लंग छ’, सबै प्रक्रियामा सँगै रहेका उनले टेलिफोन नै गरेर भने, ‘के भन्नु पहिला निर्देशकको पेलानमा परियो । अहिले महासचिव नै यस्ता छन् । भवन बनाउन सकिएको छैन, सेवासुविधा कटौती भइरहेको छ । तर प्रमुखहरूलाई आफ्नैमात्र चिन्ता हँुदो रहेछ । १० लाख मासिक खाँदा पनि नपुग्ने कस्तो रहेछ यो पैसा भन्ने ।’ 

सार्क एक अत्यावश्यक संगठन हो, यसलाई चलायमान बनाइनुपर्छ । त्यसका लागि यसको नेतृत्व सफल र सक्षम व्यक्तिको हातमा आउन जरुरी छ । कुनै व्यक्तिले काम गर्न नसक्दा त्यसको भारत संस्थालाई बोकाइनु राम्रो हुँदैन । त्यसलाई मुलुकको प्रतिष्ठासँग हेरेर परिवर्तन गरी सबल र सक्षम व्यक्ति पठाउनु पर्छ । माल्दिभ्सले त्यो काम गरेको थियो । माल्दिभ्सबाट आएकी महिला महासचिवले सार्कलाई रिफर्म गर्न लागेको कारण सार्कका कर्मचारी र केही परराष्ट्रका कर्मचारीले चलखेल गरेर फिर्ता पठाए । त्यसो त उनले त्यहाँको आन्तरिक राजनीतिमा बोलेको भनियो । ‘तर यथार्थ उनको उच्च कार्यशैली नै थियो’, उनी निकट रहेर काम गरेका सार्क सचिवालयका एक कर्मचारीले बताए । 

नेपालमा भने क्षमतावान् व्यक्ति सार्कमा जाँदा परराष्ट्र मन्त्रालय नै ओझेलमा पर्ने हुनाले मन्त्रालयले आफूले चलाउन सक्ने व्यक्तिलाई पठाएको कतै छिपेको छैन । भूकम्पबाट चर्किएको भवन मर्मत गर्न बजेट नभएको भन्ने, साना कर्मचारीलाई दिने सेवासुविधामा कडाइ गर्ने सार्क महासचिवको हर्कदबाट नेपाली युवा निर्देशकसमेत अवाक भएकी छन् । उनले सार्वजनिक स्थानमा नै भन्न थालेकी छिन, ‘बोस अलवेज राइट ।’ उनले त्योभन्दा बाहेक अरू बोलेकी छैनन् । 

विभिन्न बैठकमा चल्ने प्रसंगमा सार्कको सुधार पनि एक हो । यसको सुधार गर्ने हो भने संरचनादेखि नै सुधार गर्न आवश्यक छ । सचिवालयमा आठ निर्देशक र उनीहरूका आठ टाइपिस्ट, महासचिव र उनका दुई सहयोगी, पियन, म्यासेन्जर ड्राइभर, लाइबेरियन, कार्यालय सुपरिटेन्डेन्ट र सहयोगी स्टाफ गरेर ५० भन्दा बढी छन् तर त्यहाँ रिर्सचर, प्रेस हेर्ने, कार्यक्रम प्रमुख भने छैनन् । यसलाई शुद्ध सदस्य राष्ट्रको हुलाक अड्डाको रूपमा उभ्याउने प्रयास गरिएको छ । 

सार्कमा काम नै नहुने कारण दिनभर अरूको गफ गर्ने र पत्रिकामा कसले सूचना दियो भन्ने जस्ता विषयमा छलफल हुने गरेको तिनैले सुनाए । गर्नुपर्ने भन्दा बढी चाकडीमा उत्रने साना कर्मचारीको कारण र आवश्यकभन्दा बढी मान खोज्ने महासचिवको कारण पनि यो अवस्था आएको बताइन्छ । 

देशान्तर साप्ताहिकबाट 

 

]]>