देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीसीएमसीको बैठकमा छलफल के-के भयो ?

देशान्तर


काठमाडौं- कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)मा छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको हो ।
गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निणर्य गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निणर्य भएको उनको भनाइ छ । पिसिआर टेस्ट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निणर्य भएको खाणले बताए ।
उनका अनुसार बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भएको छ । उनका अनुसार कोरोना बढेको बढेकै छ । यसको नियन्त्रणका लागि नाका बन्द र हवाइ उडान पनि स्थगित गर्नुपर्ने हुन सक्छ ।
यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताए । उनले भने, ‘नाकामा कडाइ गछौं । कोरोना संक्रमितलाई होल्डिङ सेन्टरमा राख्छौँ । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरिरहेका छौं ।’
सबै प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘त्यसलाई छिटोभन्दा छिटो बस्न लायक बनाउँछौं । त्यहाँ बस्ने खाने खर्चको व्यवस्थापन गर्छौं,’ मन्त्री खतिवडाले भने ।

उनका अनुसार विदेशबाट आएकाहरुको विमानस्थलमै कोरोना परीक्षण गरिने छ । बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले देशान्तरलाई भने, ‘कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने छ । यस्तै खोप लगाएको मान्छे कार्ड बोकेर हिडने चेतना जगाउने कुरा भएको छ ।’माघ पहिलो हप्ताबाट क्रमशः बुस्टर डोज दिइने बताए ।
पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार मात्र ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जनाएको छ ।