देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै

देशान्तर

काठमाडौँ । ६७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मानवअधिकारको रक्षा र प्रवद्र्धनमा सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएअनुरुप यस क्षेत्रको विकासमा काम गर्दै आएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानवअधिकार आयोगले आज अपराह्न पुल्चोकस्थित आयोगको कार्यालयमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यसैगरी प्रधानमन्त्री ओलीले आजै अपराह्न सिंहदरबारमा मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्था एवम् व्यक्तिहरुको सम्मानमा स्वागत समारोहको आयोजना गरेका छन् ।

उक्त समारोहमा सहभागी हुन सरकारले विभिन्न राजनीतिक दलका शीर्षनेता, सांसद, पूर्वमन्त्री, मानवअधिकारकर्मी र यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारीहरुलाई निमन्त्रणा गरिसकेको छ । 

]]>