देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिप दुर्घटनामा चारजना गम्भीर घाइते

देशान्तर

पाँचथर। जिल्लाको दक्षिणी गाविस मौवाबाट सदरमुकाम फिदिम आउँदै गरेको जिप आज दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा याशोक–३ का भूपेन्द्र कार्की, मौवा–४ का नारायण तिम्सिना, मौवा–७ का लोकबहादुर लावती र जिप चालक याशोकका एन्जलिया थापा रहेका छन् । 

मे १ ज ६७० नं को जिप आङ्ना गाविसको सावा खोलामा १०० मिटर तल झरेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । 

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल, फिदिम लगिँदैछ । 

]]>