काठमाडौं-२०७१ पुष २३ देखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धिफण्ड-१ यहि पुष २२ गते परिपक्व हुन लागेको छ ।
नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि.व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।
यस योजनाले ७ वर्षको अवधिमा इकाईधनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।
एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धिफण्ड-१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।
प्रतिक्रिया