देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुजरातमा रसायन उद्योगबाट ग्यास चुहावट हुँदा ६ को मृत्यु

देशान्तर

गुजरात – भारतको गुजरातस्थित सुरतमा रसायन उद्योगबाट विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ । बिहीबार बिहानै सो उद्योगबाट ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको हो ।

ग्यास चुहावटका कारण अन्य २० भन्दा बढी मानिस बिरामी परेका छन् । बिरामीहरुको नजिकैको सुरत सिभिल अस्पतालमा उपचार भइरहेको भारतीय मिडियामा खबर छ ।

इन्डियन एक्सप्रेसकाअनुसार बिहीबार बिहान सचिन औद्योगिक क्षेत्रमा रसायन ट्यांकरबाट विषाक्त ग्यास चुहिएको थियो । सो ग्यास चुहावटपछि सो क्षेत्रमा कार्यरत मजदुरहरुको निस्सासिएर मृत्यु भएको हो ।