देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्याकेजमा सहमति भए आन्दोलन मत्थर

देशान्तर

काठमाडौं । मधेसी मोर्चाको बिहीबारको बैठकले सरकारसँग राखेको ११ बुँदे मागबारे प्याकेजमा सहमति खोज्नेबारे छलफल भएको छ । प्याकेजमा छलफल हुँदा राजनीतिक समितिमार्फत सीमांकन तीन महिनामा टुंगो लगाउने सहमति हुने अवस्थामा आन्दोलन मत्थर बनाउने रणनीतिमा मोर्चा छ । सोहीअनुसार शुक्रबारको वार्तामा प्रस्तुत हुने मोर्चाका नेताहरूले बताएका छन् ।

आन्दोलन फिर्ता लिने विषयमा निर्णय भएन सत्तापक्षले वार्तामा दिने महत्त्व र सहमतिको प्रयासका आधारमा आन्दोलनको स्वरूप निर्धारण गर्ने मधेसी मोर्चाले निर्णय गरेको छ । सरकारसँग प्याकेजमा सहमति हुने संकेत देखिए आन्दोलनमा लचिलो हुने सोच मोर्चाका नेताले बनाएका छन् ।

मोर्चाका नेताहरूका अनुसार सहमति हुने सम्भावना भए आन्दोलन जारी राख्ने, तर नाकामा धर्ना बस्ने कार्यक्रम फिर्ता हुनेछ ।  नयाँ पत्रिका दैनिकमा समाचार छ ।

]]>