काठमाडौँ – जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ।
जापान मौसम विज्ञान निकाय(जेएमए)ले स्थानीय समय अनुसार बिहान ६ बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो।
जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात म्याग्निच्यूडको छ। अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।
प्रतिक्रिया