देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनएलजीद्वारा छात्रबृति प्रदान

देशान्तर

काठमाडौं । एनएलजी इन्स्योरेनस कम्पनीले कर्णाली अञ्चलका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएर एसएलसी उत्तिर्ण गर्ने  जुम्लाका समिर न्यौपानेलाई छात्रबृति प्रदान गरेको छ । 

सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने यो छात्रबृति बि.स २०७० सालदेखि प्रदान गर्न थालिएको हो ।  हिजो  आयोजित एक समाहरोहकाबीच न्यौपानेलाई सम्मानपत्र सहित बिमा समतिका अध्यक्ष प्राडा फत्ते बहादुर केसीले छात्रबृति प्रदान गरेका थिए । न्यौपानेले जुम्ला जिल्लाबाट ९३ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरेका  छन् । त्यस्तै उक्त समारोहमा  गत वर्ष छात्रवृति पाएकी डोल्पाकी रोशनी अधिकारीलाई पनि दोस्रो किस्ता बापतको सहयोग रकम हस्तान्तरण गरिएको थियो । 

सो अवसरमा कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीले आफूहरुले गरेको सम्मान सानो सहयोग भएको र यस्तै सामाजिक कार्यको दायरालाई फराकिलो बनाउनेतिर आफूहरु तयारीमा रहेको बताए । उनका अनुसार कम्पनीले आगामी वर्षदेखि अशक्त तथा आपाङ्गहरुको लागि विशेष सहयोग गर्ने छलफलमा रहेको जानकारी दिए । 
 देशभर  २८ शाखा र २४४ वटा एजेन्ट मार्फत सेवा प्रदान गरिरहेको कम्पनीका ग्राहक सख्या साढे एक लाख रहेका बताएको छ ।  सवाँ ३४ करोड   चुक्ता पुँजी भएको कम्पनीको प्रमुख पुर्नबिमक श्री ह्यानोभर रि रहेको  छ ।

]]>