देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण सुरु ९ खेलाडी अनुपस्थित

देशान्तर

काठमाडौँ – अस्ट्रेलियामा हुने टी-२० विश्वकपको ढोकाका रुपमा रहेको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टीमले सोमबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ।

यद्धपि क्यान र खेलाडीबिचको विवाद समाधान भएको भनिएपनि सोमबारको प्रशिक्षणमा ९ खेलाडी अनुपस्थित रहेका छन्।

नेपाल क्रिकेट संघ क्यानले अनुशासन उल्लंघन गरेको भन्दै राष्ट्रिय टीमका ४ खेलाडीलाई कार्वाहि गरेयता नेपाली क्रिकेट निरन्तर विवादित बन्दै आएको छ।
क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाइ कारबाहि गरेको थियो।

मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट हटाउँदा चारै जनलाई २०२२ को सुरुवाती ६ महिना सेन्ट्ल कन्ट्रयाकमा नराख्ने निर्णय गरेको थियो।

त्यसयता विवाद समाधान हुन सकेको छैन्। यद्धपि आइतबार क्यान र खेलाडीबिच विवाद समाधान भएको जनाइएपनि ९ खेलाडी क्याम्पमा अनुपस्थित भएपछि अझै विवाद समाधान नभएको प्रष्ट भएको छ।

आधिकारीक रुपमा क्यान र खेलाडीले कुनै धारणा सार्वजानिक गरेका छैनन्।