देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन राष्ट्रिय निकुञ्जको (फोटो फिचर)

देशान्तर

रमेश पोख्रेल, चितवन। चितवन राष्ट्रिय निकुञ्ज  नेपाल कै सबै भन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो यो  ९३२ किलोमिटरमा क्षेत्रफल मा फैलियको छ।

नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो  यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी (३६० वर्ग माइल) छ ।

यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मीटर  देखि चुरे पहाड क्षेत्रमा ८१५ मीटर  सम्म रहेको छ ।

 नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ । सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नै हुने गर्दछन् ।

 

सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो ।  चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ।

प्रकृतिक सुन्दरताको अवलोकन गर्न वर्षेनी लाखौ पर्यटकहरु यहाँ आउने गरेको निकुञ्ज कार्यलयले जानकारी दिएको छ ।

]]>