देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नाकाबन्दी तत्काल अन्तर्राष्ट्रियकरण गर ’

देशान्तर

काठमाडौं । नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको व्यापार तथा पारवहन सम्झौताविपरीत भारतले लगाएको नाकाबन्दी तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरेको छ ।

मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा नेपाल बारको ४३ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले भारतले नेपालमाथि नाकाबन्दी नै लगाएको ठहर गर्दै अन्तर्राष्ट्रिय समुदाय गुहार्न सरकारलाaई आग्रह गरेको हो । बैठकले १४ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।

बारका महासचिव सुनीलकुमार पोखरेलले नाकाबन्दीका विषयमा अन्तर्राष्ट्रियकरण गर्ने र संविधानमा राखिएका मौलिक हक कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न बैठकले माग गरेको जानकारी दिए ।  कान्तिपुर दैनिकमा समाचार छ ।

]]>