देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महाधिवेशमा तीन करोड खर्च हुने अनुमान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका लागि चहलपहल बढ्रन थालेको छ । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको छ ।

कांग्रेसको वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा, १३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ। चार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्रेसको अनुमान छ । कार्यक्रमस्थल, ७५ जिल्ला र विदेशबाट आउने प्रतिनिधि, आमन्त्रित विदेशी प्रतिनिधिको व्यवस्थापन गर्न त्यति खर्च हुने अनुमान गरिएको हो ।

तर, संगठन विभाग प्रमुख आनन्द ढुंगानाले खर्च यति नै लाग्छ भन्ने टुंगो नभएको बताएका छन् । महाधिवेशनको खर्च संकलनमा लागि पुर्व अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा समिति गठन भइसकेको छ ।   नयाँ  पत्रिकामा समाचार छ । 

]]>