गोरखा । ‘भूकम्पपछि नेपालका प्रभावित क्षेत्रका बालबालिकाको जनजीवन कष्टकर बनेको पाईएको छ ।
वल्र्ड भिजन इन्टरनेसनलले युनिसेफ, प्लान नेपाल र सेभ द चिल्ड्रनसँगको साझेदारीमा तयार गरेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्मको बालबालिको अवस्थाबारेको‘भूकम्पपछिको नेपालका बालबालिकाको आवाज’ नामक प्रतिवेदनका अनुसार बालबालिकाहरुको दैनिक कष्टकर रहेको पाईएको हो ।
प्रतिवेदनमा भूकम्प प्रभावित नेपालका १६ जिल्लाका बालबालिकाको अवस्थाबारे उल्लेख छ । बढ्दो चिसोबाट जोगाउन न्यानो कपडाको पर्खाइमा भूकम्पपीडित बालबालिका रहेको जनाउँदै प्रतिवेदनले उल्लेख गरेको छ–“दुःख, कष्ट झेलेर अधिकांश भूकम्पपीडितले पढ्दै आएका छन् ।”
]]>
प्रतिक्रिया