काठमाडौं – ११ देखि १७ वर्षसम्मका बालबालिकाका लागि दिइने भनिएको फाइजर खोप कार्यक्रम सरकारले १० दिनभित्र सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई दिने भनी रोकिएको फाइजर खोप कार्यक्रम १० दिनभित्र सुरु गरिने भएको हो ।
स्वास्थ्यसचिव डा। रोशन पोख्रेलकाअनुसार फाइजर खोपका लागि आवश्यक पर्ने ०।३ एमएलको सिरिन्ज आइपुगिसकेको छ भने घोलक जनवरी ४ तारिकमा आउनेछ ।
सिरिन्ज र घोलक आइनपुग्दा काठमाडौं उपत्यकासहित आठ जिल्लामा आजदेखि दिने भनिएको खोप कार्यक्रम तत्तकाललाई स्थगित भएको थियो ।
प्रतिक्रिया