देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुन्डीका नाइके अब सुन तस्करीमा

देशान्तर

वीरगन्ज । हुन्डीको किङको नामले चर्चित सन्तोष जैन अवैध सुन तस्करी धन्धाको समेत बादशाह बन्दै गएको पोल खुलेको छ ।

सन्तोष जैनसमेत साझेदार रहेको जगदम्बा ग्यास प्रालिमा काम गर्ने अवधेशकुमार पाण्डे र रक्सोल बंैक रोड बस्ने सुमित गोयन्का हालै मिथिला एक्सप्रेसबाट चार किलो सुन लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा भारत बिहारको सुगौली स्टेसनमा समातिएका थिए ।

रेल एसस पीबी एन झाले यिनीहरू बिगत ६ महिना देखि सुन लिएर भारतको विभिन्न ठाउँमा पुर्‍याउने गरेको कुरा अनुसन्धानबाट खुलेको बताए र यो सुनको वीरगन्ज बस्ने सन्तोष जैनको भएको पुष्टि समेत भएको कुरा भारतीय मिडिया समक्ष बताएपछि जैनको पोल खुलेको हो ।

सन्तोष जैन अवैध हुन्डी (हवाला) को ठूलो कारोबारी हुन् । छोटो अवधिमै यिनी अहिले लगभग पाँच सय करोडको मालिक भइसकेको वीरगन्जका व्यापारीहरूबीच चर्चा चल्ने गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत जैनलाई शंकाको घेराभित्र राखी अनुसन्धान अगाडि बढाएको बुझिएको छ ।

 

]]>