एजेन्सी । लिबियाको पश्चिमी तटीय क्षेत्रमा ठुलो संख्यामा आप्रावासीको शव फेला परेको छ । तटीय क्षेत्र खोम्सको समुद्री किनारमा एक बालक र दुई महिला सहित २७ जनाको शव फेला परेको हो ।
यसलाई लिबियाको इतिहासमा त्रासदीपुर्ण घटनाको रुपमा ब्याख्या गरिएको छ । फेला परेको शवहरु प्राय कुहिएको अवस्थामा रहेका छन् । लिबियामा हरेक बर्ष आप्राबासीहरु चढ्ने गरेको पानीजहाज अत्यधिक भारका कारण दुर्घटना हुने गरेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले लिबियामा पछिल्लो समय पानीजहाज दुर्घटना हुँदा १ सय ६० जनाको मृत्यु भएको जनाएको छ । जसमा अधिकांश सिरियाली शरणार्थीहरु रहेका छन् ।
प्रतिक्रिया