देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसलाई मनाउन सत्तापक्षका तीन विकल्प

देशान्तर

काठमाडौं  । सत्तापक्षले संसद बैठक सुचारु गर्नका लागि प्रमुख विपक्षी कांग्रेसलाई मनाउन तीन विकल्प अघि सारेको छ । भूकम्पछि पुननिर्माणसम्बन्धी विधेयक कि संविधान संसोधन विधेयकलाई प्राथमिकता दिने भन्ने गतिरोध हटाउन सत्तापक्षले ती विकल्पसहित कांग्रेससित संवाद थालेको हो ।

सभामुख ओनसरी घर्तीको अग्रसरतामा सोमबार प्रमुख ३ दलको शीर्ष वार्तामा त्यसबारे छलफल भएको सहभागी नेताहरुले जानकारी दिए । पहिलो विकल्पमा एकै दिन दुई पल्ट संसद बैठक डाकी पहिलोमा भूकम्पसम्बन्धी र अर्कोमा संविधान संसोधन विधेयकमा छलफल गर्नुपर्ने प्रस्ताव छ ।

दोस्रो विकल्प भने दुवै विधेयकलाई सँगसँगै संसद बैठकको कार्यसूचीमा राख्ने, भूकम्पसम्बन्धी विधेयक पारित गर्न कांग्रेसले सघाउने र अर्को विधेयक कार्यसूचीबाट हटाउने उल्लेख छ ।   तेस्रो विकल्प भने दुवै विधेयक सँगसँगै पेस गर्ने र दुवैलाई पारित गर्ने भन्ने छ ।  कान्तिपुर दैनिकमा समाचार छ ।

]]>