देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद खोल्ने बारेमा एमाले–कांग्रेस चर्काचर्की

देशान्तर

काठमाडौं । संसद बैठक सुचारु गर्ने र कुन विधेयक पहिले पेस गर्ने भन्ने विषयमा सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसका शीर्ष नेताबीच चर्काचर्की भएको छ। सभामुख ओनसरी घर्तीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सोमबार बेलुका प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी थिइन्।

बैठकमा कांग्रेसले भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण विधेयकसँगै संविधान संशोधन प्रस्ताव पनि अघि बढाउनुपर्ने अडान राखेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जंगिएका थिए। ‘मैले तपार्इंहरूका केही कुरा बुझ्नै सकिनँ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपार्इंहरू भूकम्पका विषयमा पनि राजनीति गर्न खोज्दै हुनुहुन्छ।

 ओलीले आफूले पटकपटक सँगै अघि बढौं भन्ने प्रस्ताव राख्दा पनि नमानेको भन्दै कांग्रेससँग आक्रोश पोखेका थिए। सँगै मिलेर अघि बढौं भन्दा तपाईंहरू नमान्ने ः ओलीको भनाइ थियो, ‘सरकारले विधेयक अघि बढाउन खोज्दा पनि असहयोग गर्ने ?’ । ओलीको भनाइ टुंगिँदा–नटुंगिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुइटै विधेयक कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको भन्दै एमालेलाई भन्दा आफूहरुलाई बढी चासो रहेको बताएका थिए। ‘तपार्इंहरू समस्या समाधानका लागि चासोसमेत राख्नुहुन्न,’ पौडेलले पनि आक्रोश पोख्दै आफ्ना कुरा राखेको स्रोतले बतायो। ‘मधेसी मोर्चाको माग पनि सँगै पूरा गरेर नाकाबन्दी खोलौं भन्ने हाम्रो अडान हो तर तपाईंहरूले गलत व्याख्या गरेर कांग्रेसको बदनाम गराउन खोज्दै हुनुहुन्छ।

मोर्चाको मागबारे तपाईंहरू छलफल गर्न पनि तयार हुनुहुन्न। दुवै विधेयकमा तपार्इंहरूको भन्दा हाम्रो बढी चासो छ। कांग्रेस नेतृत्वको सरकारले नै दुवै विधेयक अघि बढाएको हो,’ पौडेलले भने। पौडेलले पनि पुनर्निर्माण विधेयक कांग्रेसले नभई एमालेले रोकेको आरोप लगाए। ‘यो विधेयक पहिले पारित गर्न खोज्दा तपाईंहरूले नै रोक्नुभयो,’ पौडेलको भनाइ छ, ‘पारित गर्ने दिनमा आएर पचासौं संशोधन प्रस्ताव दर्ता गराउनुभयो। त्यो दिन पारित नगरेर समितिमा पठाउन बाध्य पार्नुभयो। अहिले पनि तपाईंहरूकै कारणले अघि बढ्न नसकेको हो।’  पौडेलले विधायन समितिमा एमालेले नै अड्को थापेको आरोप लगाएका थिए।  नागरिक दैनिकमा समाचार छ । 

]]>