देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण कोरियाकी पूर्व राष्ट्रपतिलाई आम माफी

देशान्तर

एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिईएको छ ।

ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपतिलाई जस्तोसुकै अपराधमा पनि आम माफी दिन पाउने संवैधानिक अधिकार छ । ६९ वर्षिय पूर्व राष्ट्रपतिले पद तथा शक्तिको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको तथा सरकारी कोष अपचलन गरेको आरोप थियो ।

सन् २०१७ मा महाअभियोग लगाएर हटाएपछि उनलाई भ्रष्टाचारको मुघामा दोषी ठहर गरिएको थियो । यो वर्षमात्रै तिन पटक अस्पताल भर्ना गर्नुपरेपछि कमजोर स्वास्थ्य अवस्थाको कारण उनको कैद सजाय मिनाह गरिएको बताईएको छ ।