काठमाडौं-कामना सेवा फुटसल कप २०२१ पुस ९ र १० गते काठमाण्डौमा हुने भएको छ । बैंकले केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलन आयोजना गरी सहभागी टिमहरुको घोषणा गर्दै खेलतालिकाको बारेमा समेत जानकारी गराएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पौष ९ गते प्रतियोगिताको उद्घाटन गर्ने र पौष १० गते अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलको समापन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । पौष १० गते हुने नकआउट चरणका खेलहरुको विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने पनि उक्त अबसरमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै बैंकका अध्यक्ष्य सुदीप आचार्यले प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबद्र्धन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूणर् सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूणर् विश्वस्त रहेको बताए । खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ-आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि पनि उनले अनुरोध गरे ।
बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, निमित्त प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्ने जानकारी गराइयो ।
प्रतिक्रिया