देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीले किन गोप्य राख्यो एउटा भयानक दुर्घटना

देशान्तर

काठमाडौं । गृह प्रसाशनले माइतीघर मण्डलमा गत शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ ।  प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ ।

अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिदै माइतीघरमण्डला घुमेर थापाथलीतिरै मोडिन खोज्दा दुर्घटना भइ उत्तानो परेको थियो । प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडियाको नाममा छ ।

दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहेपनि महिलाको परिचय प्रहरीले गोप्य राखेको छ । घाइतेलाई तत्कालै नर्भिक अस्पतालमा लगेर भर्ना गरिएपनि  अर्कै व्यक्तिको नाममा भर्ना गरिएको छ । प्रहरीसँग दुर्घटनाको कुनै रेकर्ड छैन् । नागरिक दैनिकमा समाचार छ ।

]]>