देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिसहोमको भैसीपाटी कार्यालयमा पेट्रोल छर्केर आगजनी

देशान्तर

काठमाडौं । आज्ञात समूह डिसहोमको ललितपुर भैसिपाटीस्थित छ्यासीकोटमा रहेको कन्ट्रोल युनिटमा पेट्रोल छर्केर आगजनी गरेको छ । बुधबार बिहान सवा ६ बजे कार्यालयमा रहेका कर्मचारी ड्युटी साट्ने मौका पारेर अज्ञात समूहले पेट्रोल छर्केर गरी आगजनी गरेको ललितपुरका एसएसपी पीताम्बर अधिकारीले बताएका छन् ।

सहोमको छाता मुनि रहेको कन्ट्रोल युनिटमा आगलागी भएको र यसको बारेमा अनुसन्धान जारी रहेको अधिकारीले बताएका छन‍् ।

उनले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्राउ नगरिएको र अनुसन्धान जारी रहेको बताए ।आगलागीबाट कति क्षति भयो भन्ने कुरा पनि अहिले आइनसकेको अधिकारी बताउँछन् । उनले भने, ‘हाम्रो टोली घटनास्थलमा गइसकेको छ । अनुसन्धान गरिरहेको छ ।

थप विवरण आउन बाँकी छ ।’ उनले घटना कस्ले र केका लागि गराएको थाहा नभएको बताउँदै भने, ‘इन्डियन च्यानलहरु बन्द नगरेको निहुँमा आगजनी गरिएको हाम्रो प्रारम्भिक अनुमान छ ।’ 

]]>