एजेन्सी । अमेरिकी सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् ।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसंगको साक्षात्कारमा उनले कोरोना विरुद्धको खोप लगाएकाहरु पनि यो भेरिएन्टबाट अछुतो नरहने भन्दै सावधानी अपनाउन विश्व समुदायलाई समेत अपील गरे । कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको यो नयाँ भेरिएन्ट कडा खालको भएका कारण यसले भयावह स्थिति ल्याउनसक्ने दाबी पनि उनले गरे ।
अनुसन्धानकर्ताहरुले बुस्टर डोज लगाएहरुमा संक्रमण न्युन हुने भनिरहेको बेला फाउचीले भने ओमिक्रोनको संक्रमण डरलाग्दो हुनसक्ने चेतावनी दिएको हो । ओमिक्रोन त्यति घातक नरहेको भन्ने दुस्प्रचारको विश्वास नगर्न भन्दै उनले अमेरिकासहित बिश्वभरका अस्पतालहरु खचाखच भरिनसक्ने बताए ।
यसैबीच, क्रिमसलाई ध्यान दिंदै युरोपेली मुलुकहरुले भने धमाधम निषेधाज्ञा लगाउने क्रम बढाएका छन् ।
प्रतिक्रिया