नपिद्व – म्यानमारका एक स्वतन्त्र फोटो पत्रकार सैनिक हिरासतमै मृत्यु भएको बताइएको छ । गत साता पक्राउ परेका को सोए नाइङको सैनिक हिरासतमै मृत्यु भएको उनको परिवार र आफन्तहरूले बताएका छन् ।
म्यानमारमा जारी जनप्रदर्शनको तस्बिर खिच्ने क्रममा गत साता उनी पक्राउ परेका थिए । गत फेब्रुअरीमा म्यानमारको सेनाले कू गरेपछि १ सय भन्दा धेरै पत्रकारहरूलाई पक्राउ गरिसकेको छ । तीमध्ये आधाजसो रिहा भएका छन् ।
पक्राउ परेका अन्य पत्रकारहरूबारे औपचारिक जानकारी आएको छैन । यस क्रममा पक्राउ परेका केही मानिसहरूको शव भने भेटिएको बताइएको छ ।
गत साता भएको मौन प्रदर्शनमा फोटो पत्रकार नाइङ तस्बिर खिचिरहेको अवस्थामा सेनाबाट पक्राउ परेका हुन् । महिनौंदेखि म्यानमारको संकटबारे बारम्बार समाचार सामग्री प्रकाशनको काममा को सोएको पनि भूमिका देखिएको थियो ।
प्रतिक्रिया