देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाइका अध्यक्ष आज नेपाल आउंदै

देशान्तर

काठमाडौं । जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष सिनिची कितोका तिनदिने भ्रमणमा आज आइतबार काठमाडौ आउंदैछन् ।

काठमाडौस्थित जापानी दूतावासका अनुशार भूकम्प प्रभावित क्षेत्रको अवलोकन, पुर्ननिर्माणमा भइरहेको प्रगति तथा जापान र नेपालबीचको समग्र सहकार्य रणनीतिबारे छलफल गर्ने उद्देश्यले जाइका अध्यक्ष नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, अर्थमन्त्री बिष्णु पौडेल, र राष्ट्रि योजना आयोगका उपाध्यक्ष युवराज खतिवडासंग भेट्ने कार्यक्रम छ ।

भुकम्प प्रभावित सिन्धुपाल्चोकको चौतारा क्षेत्र र भक्तपुरस्थित भुकम्ले क्षति पुर्‍याएको सडकको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । किताओका गत अक्टोबर १ देखि जाइका अध्यक्ष रहंदै आएका छन् । उनी मंगलबार स्वदेश फर्किनेछन् ।

]]>