एजेन्सी । जी सेभेन राष्ट्रहरुले युक्रेनमा आक्रमण भए रुसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । जी सेभेन समूह राष्ट्रहरुले विज्ञप्ति जारी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे गम्भीर समस्यामा पर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
अमेरिकी गुप्तचर निकायहरुले रुसले आगामी वर्ष युक्रेनमा करिब दुई लाख सेना सम्मिलित गराएर आक्राणको योजना बनाएको दावी गरेको छ । मस्कोले नाटोको विस्तारले रुसलाई धम्की दिएको र सन् १९९१ मा सोभियत संघ पतन भएसँगै दिएको आस्वासन उल्लंघन भएको दावी गरेको छ ।
लिभरपुलमा हालै भएको बैठकमा जी सेभेन समूहमा आवद्ध राष्ट्रहरुले युक्रेनको सीमा नजिकै रुसले सैन्य संरचना निर्माण गरेको भन्दै आपत्तिसमेत जनाएको बताइएको छ । ती राष्ट्रहरुले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रिय अखण्डतामा कुनै आँच आउन नदिने प्रतिवद्धता जनाएका छन् ।
यता राष्ट्रपति पुटिनले भने जी सेभेन सदस्य राष्ट्रहरुले गरेको निर्णयप्रति आपत्ति जनाउँदै आफूले युक्रेनमा आक्रमणको योजना नबनाएको दावी गरेका छन् ।
प्रतिक्रिया