देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चाका कार्यकर्ताद्वारा रौतहटमा प्रहरी चौकी तोडफोड

देशान्तर

रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान जिल्लाको विभिन्न भागमा रहेका प्रहरी चौकीमा तोडफोडका साथै आगजनी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मोर्चाका कार्यकर्ताले आज बिहान जिल्लाको मध्य भागमा रहेको इलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउन्ड वाल तोडफोड गरेका छन् । ती कार्यकर्ताले सो कार्यालयको बोर्डसमेत उखेलेर फालिदिएका छन् । 

यसैगरी, मोर्चाका कार्यकर्ताले सीमानाकामा रहेको बङ्कुल प्रहरी चौकीमा समेत आक्रमण गरेका छन् । मोर्चा सम्बद्ध कार्यकर्ताले सो चौकीको प्रतीक्षालयमा आगजनी गरेको जिप्रका रौतहटले जनाएको छ । 

मोर्चाका कार्यकर्ताले इलाका प्रहरी कार्यालय गङ्गापिप्रामा समेत आक्रमणको प्रयास गरेका छन् । तर त्यहाँ कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

यसैबीच, जिल्ला प्रशासन कार्यालय रौतहटले मोर्चाका कार्यकर्तालाई आन्दोलनको नाममा हिंसात्मक प्रदर्शन नगर्न, उत्तेजित नहुन र संयमता अपनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । 

]]>