देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली महिलामाथि बलात्कार गर्ने ७ जनालाई फाँसी

देशान्तर

काठमाडौं । नेपाली महिलामाथी बलात्कार गर्ने सातजना युवाहरुलाई भारतको हरियाणा जिल्ला अदालतले फाँसीको सजाया सुनाएको छ । २८ वर्षि नेपाली महिलालाई बलात्कार तथा हत्याको आरोपीत नौँ जनामध्ये   सात जनालाई मृत्युदण्डको सजाया सुनाएको हो । नौजना आरोपीत मध्ये एकजना नाबालिग भएको र एकजनाले अगाडि नै आत्महत्या गरेका थिए । 

अदालतले उनीहरुको कार्यलाई  संगीन अपराध भएको बताएको छ ।  रोहतक जिल्लाको गड्डी खेरा गाविसमा गत फेब्रुवरीमा भएको थियो ।करार अपराधीहरुले  पीडित महिलमाति जबरजस्ती सामूहिक बलात्करपछि ढुङ्गाले हानेर उनको हत्या गरेका थिए ।

मृतक को पोस्टमार्टम गर्ने डाक्टरका अुनसार पनि अमानबीय तरीकाले जवरजस्ती सामूहिक बलात्ककार तथा  गम्भिर शारीरिक यातापश्चात हत्या गरेको पुष्टि भएको  समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

मृतक नेपाली महिला हरियाणाको  रोहतकमा आफन्तको बस्ने गर्थिन् । फेब्रुवरी एकमा बेपत्ता भएकी उनी ४ फेब्रुवरीमा क्षतविक्ष्त  मृतक शरिर फेला परेको थियो ।

शब फेला परेको पाँचदिनमा नै प्रहरीले  नौ फेब्रुवरीमा  पक्राउगरी हिरासतमा लिएको थियो । जसमा एकजना नेपाली युवा पनि थिए ।  

]]>