देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवैधरूपमा अमेरिका प्रवेश गर्न खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ

देशान्तर

काठमाडौँ । अमेरिकामा छिर्ने प्रयास गरिरहेका १६ नेपालीसहित ३३ जनालाई ग्वाटेमालामा पक्राउ गरिएको छ । 

कुनै कागजातबिना एक बसमा रहेका १६ नेपाली र १७ बंगलादेशी नागरिकलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

उनीहरू गत आइतबार ग्वाटेमालाको पूर्वी भेगबाट प्रहरीले मानव तस्करको सूचनाका आधारमा पक्राउ परेका हुन् । प्रहरी अधिकारीले सोधपुछका क्रममा शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

एक रिपोर्टमा जनाइएअनुसार बसमा १६ नेपाली र १७ बंगलादेशी नागरिक थिए र उनीहरू अमेरिका प्रवेश गर्ने प्रयास गरिरहेका थिए । उनीहरू सबैलाई सरकारी आवासमा राखिएको छ ।
गत जुन महिनामा पनि एसियाली मूलका नागरिकलाई अवैधरूपमा अमेरिका पठाउन सक्रिय रहेका ४ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

]]>