देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पदाधिकारीमा आरक्षणको कोटा माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व तहमा महिलाको संख्या न्यून छ । केन्द्रीय सदस्यमा खुला, दलित, जनजाति र मधेसी कोटागरी १२ जना महिला सदस्यको सिट सुनिश्चित भए पनि पदाधिकारीमा आरक्षणको कोटा छैन । १२ औँ महाधिवेशनमा प्रतिस्पर्धाबाट कोषाध्यक्षमा चित्रलेखा यादव आएकी थिइन् ।

यसअघि मनोनित उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पनि महिला परेनन् । नेतृत्व तहमा महिलाको संख्या न्यून भएपछि कांग्रेस नेतृत्वसमक्ष १३ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य महिलाको कोटामा सुरक्षित गर्नु पर्ने आवाज उठ्न थालेको छ ।  

आसन्न महाधिवेशनमा पदाधिकारी संख्या बढाउने गरी विधान संशोधनको तयारी भइरहेका बेला महिला नेतृहरुले पदाधिकारी सदस्य महिला कोटा सुरक्षित गर्न आन्तरिकरुपमा दबाब दिएका छन् ।  

केन्द्रीय सदस्यहरुलाई मनोनित उपसभापति, महामन्त्री तथा सहमहामनत्री नल्याएपछि १२ औँ महाधिवेशनमा विधानमै पदाधिकारीमा महिला सदलस्य अनिवार्य गरी विधान संशोधन गर्न दबाब बढेको हो ।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

]]>