काठमाडौ – बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा भएका ६ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीको घोषणा गरेका छन् ।
यसअघिय बन्द प्रशिक्षणमा रहेका २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएकी छन् । यस्तै, शान्ती थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विस्ट, सरस्वती जैसी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।
लामो समयदेखि निरन्तर टोलीमा रहेकी रेश्मा भन्डारी टोलीबाट बाहिरिएकी छन् ।
बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपाली महिला तथा पुरुष दुवै टोलीले प्रशिक्षण गरिरहेका छन् ।
प्रतिक्रिया