देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली आज मन्त्रीमण्डल बिस्तारको तयारीमा

देशान्तर

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको सपथ बिहीबार साँझ नै हुनेछ । स्रोतका अनुसार परिवार दलबाट एकनाथ ढकाल मन्त्री हुने निश्चित भएको छ । उनीबाहेक समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनमुक्ति पार्टीका शिवलाल थापा पनि मन्त्री हुँदैछन् । बालुवाटार स्रोतका अनुसार राप्रपाबाट मन्त्री हुनेको टुंगो लागेको छैन ।

संसदीय दलका नेता दीपक बोहोराले आफ्नो नाम पठाएलगत्तै विवाद भएको छ । बोहोराले उपप्रधानमन्त्रीसमेत दाबी गरेका छन् । राप्रपाबाट विक्रम पाण्डेले दाबी गरेका छन् । अख्तियारले पत्र काटेकाले उनलाई रोक्ने सम्भावना छ । उनी चितवनबाट प्रत्यक्ष निर्वाचित हुन् । राप्रपामा विवाद भएपछि प्रधानमन्त्री ओलीले नेतात्रय लोकेन्द्रबहादुर चन्द, पशुपतिशमसेर जबरा र प्रकाशचन्द्र लोहनीलाई पत्र काटेका छन् ।

प्रधानमन्त्रीले एमालेबाट एकजना मन्त्री थप्ने तयारी गरेका छन् । तर, नाम टुंगो लागेको छैन ।  प्रधानमन्त्रीसँग शान्ति तथा पुननिर्माण, सहरी विकास र श्रम मन्त्रालयमात्रै बाँकी छन् । स्रोतका अनुसार बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले विपत् व्यवस्थापन मन्त्रालय थप्ने सम्भावना छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पनि अलग अलग गर्ने तयारी भएको छ ।

]]>