एजेन्सी । बेलायतमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रन फेला परेपछि आजदेखि त्यहाँ कडाई शुरु गरिएको छ ।
गत शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले अन्य मुलुकबाट बेलायत आउने सबैको पिसिआर टेस्ट अनिवार्य गरिने बताउनु भएको थियो ।
नयाँ नियम अनुसार बेलायतले आफनो देशमा प्रवेश गर्ने हरेक देशका यात्रुले प्यासेन्जर लोकेटर फर्मका साथै अनिवार्य रुपमा ४८ घण्टा भित्रको पिसीआर टेष्ट समेत बुक गरेको हुनुपर्ने छ ।
पिसीआर टेष्ट बुक नगरि आएका यात्रुलाई बेलायत प्रवेश गर्न दिइने छैन भने तत्काल एक हजार पाउण्ड जरिवाना गरिने छ । यसअघि बेलायत भित्रिने यात्रुहरुले दोस्रो दिनमा र्यापिड टेष्ट मात्र गरे पुग्ने थियो ।
नयाँ नियमले बेलायत प्रवेश गर्नेहरुलाई केही असहज हुने भए पनि संक्रमण नियन्त्रणका लागि यो कदमलाई उपयुक्त भनिएको छ ।
प्रतिक्रिया